Nepali Congressकाठमाडौ। नेपाली कांग्रेसका नव–निर्वाचित सभापति शेरबहादुर देउवाले पार्टी समिकरण गरेर फुटवाट बचाउन ठूलै कसरत गरेको पाइएको छ। १३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा प्राय चर्चित कांग्रेसी नेताहरुको हार भएपछि उनीहरुले कांग्रेसलाई फुटाउने निक्कै संभावना तथा डर भएकोले सभापति देउवाले निर्वाचनमा हारेका प्राय कांग्रेसी नेताहरुलाई सभापतिले मनोनयन गर्न पाउने अधिकार प्रयोग गर्दै केन्द्रिय सदस्यमा मनोनयन गरेर पार्टी फुट हुनवाट बचाएका छन्।

Page No.1- Sher Bahadur Dewba ko kaidaसभापतिले २१ जना मनोनयन गर्न पाउने विधानको व्यवस्थाअनुसार पहिलो चरणमा पदाधिकारीमा पराजित ६ सहित सात जनालाई मनोनयन देउवाले गरेका छन। पद बहाली गरेकै दिन बुधवार पार्टीको मुख्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले सभापतिका प्रत्यासीद्वय रामचन्द्र पौडेल र कृष्ण सिटौला, महामन्त्रीका प्रत्यासीद्वय अर्जुननरसिंह केसी र गगन थापा, कोषाध्यक्ष प्रत्यासीद्वय चित्रलेखा यादव र उमाकान्त चौधरी तथा नरहरि आचार्यलाई मनोनयन गरेका हुन् ।

Gagan with Arjun Narsing Kc Jwai Sasuraसुशील कोइरालाको निधनलाई सहन गर्न नसकेर मस्तिष्काघात भई बिरामी भएका नरहरि आचार्य हाल निवासमै उपचारका क्रममा छन् । देउवाले क्रियाशील सदस्यता सम्बन्धी देशभरको विवाद मिलाएर महाधिवेशन सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै आचार्यको प्रशंसा गर्नुका साथै स्वास्थ्यलाभको कामनासमेत गरेका थिए । ८५ सदस्यीय केन्द्रीय कार्यसमितिमा निर्वाचित ६४ र मनोनीत ७ सहित अब ७१ सदस्य पुगेका छन् । देउवाले पदाधिकारीसहित अन्य सदस्यहरू छलफलका आधारमा तय गर्ने भएका छन् । विधानले सभापतिलाई एक उपसभापति र एक महामन्त्री र सहमहामन्त्रीको नाम केन्द्रीय कार्यसमितिमा प्रस्ताव गर्न र अन्य सदस्य मनोनयन गर्ने अधिकार दिएको छ।

Sher Bahadur Dewba 3गत फागुन २० देखि २४ सम्म कांग्रेसको १३ औं महाधिवेशन राजधानीमा भएको थियो। झन्झटिलो मतगणनाका कारण परिणाम आउन ढिलाइ भएका कारण अधिवेशनको औपचारिक समाप्ति भने १३ दिनपछि यसै साताको बुधबार भएको हो। निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम सकिनासाथ नवनिर्वाचित पदाधिकारीलाई तत्कालीन पार्टीका निवर्तमान कार्यवाहक सभापति रामचन्द्र पौडेलले कुर्सीमा लगेर पदबहाली गराएका थिए।

सभापति देउवा, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवलाई पद बहाली गराएपछि पौडेल केन्द्रीय कार्यालयबाट बाहिरिएका थिए । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले पदाधिकारीसहित सम्पूर्ण निर्वाचित सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । खुमबहादुर खडका र शेखर कोइराला अस्वस्थताका कारण र सुजाता कोइराला राजधानी बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको उनीहरुका निकटवर्ती समाचार स्रोतले बताएको छ।प्रकाशन मिति–२०७२ साल चैत्र ४ गते विहीवार ।