Kageswari Manohara Mayer Krishna Hari Thapaकाठमाडौ। काठमाडौ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका मेयर तथा उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका कृष्णहरि थापा ८ हजार ९ सय ६९ मत ल्याई विजयी बनेका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्र कार्कीले ८ हजार ४ सय ८७ मत प्राप्त गरेका छन् ।

मेयरमा नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले २ हजार ५ सय ६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ७ सय ३९ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी विन्दु सिंखडा ९ हजार १ सय ८२ मत प्राप्त गरी विजयी बनेकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी अनिता अधिकारीले ८ हजार २ सय ९६ मत ल्याएकी छन्।

माओवादी केन्द्रकी रुकु रणपालले २ हजार १ सय ९२ र राप्रपाकी कुस्मा नगरकोटीले ९ सय २५ मत ल्याएकी छन्। त्यस्तै वडा नं १, ३, ५, ६, ८ र ९ मा नेकपा एमाले तथा वडा नं २, ४ र ७ मा नेपाली काँग्रेस विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ ८ गते सोमवार ।