काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ८ गोठाटार विनायक वस्ती स्थित मनमुरी कृषि बजारमा मनमुरी कृषि सहुलियत मिट मार्ट स्थापना भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको अनुदान सहयोगमा मनमुरी कृषि सहकारी संस्थाले मनमुरी कृषि सहुलियत मिट मार्ट स्थापना गरेको हो।

कागेश्वरी मनोहरा नगरमा गुणस्तरीय अर्गानिक मासुजन्य बजारको प्रवद्र्धन गर्ने र गराउने प्रमुख उदेश्यले मनमुरी कृषि बजारमा मनमुरी कृषि सहुलियत मिट मार्ट स्थापना गरिएको कागेश्वरी मनोहरा नगरपालिका पशु सेवा शाखाले भनेको छ।

नगरपालिकाले ८० प्रतिशत तथा सहकारी संस्थाले २० प्रतिशत लगानी गरेर स्थापना गरेको मनमुरी कृषि सहुलियत मिट मार्टले नगरवासीलाई सहुलियत दरमा गुणस्तरीय अर्गानिक मासुजन्य पद्धार्थ उपलव्ध गराउन आफूहरु समर्थ भएको मनमुरी कृषि सहकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतले जानकारी दिएकी छन्।

अध्यक्ष बस्नेतले जिउंदा पशुपन्छी उपलव्ध गराउने तथा तिनका ताजा मासु सहुलियत दरमा विक्री वितरण गर्ने प्रमुख उदेश्यले स्थापित भएको कारण मनमुरी कृषि सहुलियत मिट मार्टप्रति नगरवासीको आकर्षण बढ्ेको बताएकी छन्। ताजा तथा गुणस्तरीय अर्गानिक मिटको लागि मनमुरी कृषि सहुलियत मिट मार्टमा संपर्क गर्न पनि अध्यक्ष बस्नेतले भनेकी छन्।

प्रकाशन मिति–२०७९ साल बैशाख २० गते मंगलवार ।