काठमाडौं। कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञा गरिएकाले कोरोनाविरुद्धको खोप लगाउने अभियान खोप अभियान स्थगित भएको छ। कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल लागि स्थगित गरिएको हो।

जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले विज्ञप्तिमा तत्कालका लागि खोप अभियान स्थगित भएको जनाएको छ। काठमाडौमा कोरोनाविरुद्धको खोप अभियान निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि बन्द गरिएको छ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत चैत २५ गतेदेखि चिनियाँ अनुदानको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको थियो । चीनले भेरोसेल खोप नेपाललाई आठ लाख डोज अनुदानमा दिएको थियो ।
प्रकाशन मिति–२०७८ साल बैशाख १६ गते विहीवार ।