स्थानीय निर्वाचन अपडेट–

काठमाडौं। निक्कै चासोको रुपमा हेरिदै गरेको काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको मतगणना प्रारम्भिक मतपरिणाममा सूर्य ध्वजावाहक नेकपा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल अत्यन्त लोकप्रिय देखिएकी छन्।

प्रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले राति ८ः३० बजेको पछिल्लो परिणाममा ६ सय २ मत ल्याएकी छन् । नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँग पछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता भने ४ सय ७६ पुर्‍याएकी हुन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ र राप्रपाकी बिनिता मगैयाले बराबरी १ सय २६ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याएकी छिन् । साझा पार्टीकी कृति तुलाधले ३५ मत ल्याएकी छन्। राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिको १, २, ३ र ३२ वडाको मतगणना भइरहेको छ।
प्रकाशन मिति–२०७९ साल बैशाख ३१ गते शनिवार ।