काठमाडौ। काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कामै गरेन भन्नेहरुलाई काम देखाउन मेयर शाक्य सडक–सडकमै देखिन थालेका छन्। हिन्दी फिल्म नायकका नायक अनिल कपुरको शैलीमा काठमाडौ महानगपालिकाका विकास निर्माणका कार्यमा अनुगमन गर्ने तथा ढिलासुस्तीलाई फास्ट–फरवार्ड गर्ने कार्य मेयर शाक्यवाट भएको छ।

मेयर शाक्य सडकमा दिनका दिनै देखिन थालेपछि कतिपय सडक निर्माण लगायत कार्यमा भैरहेको ढिलासुस्तीमा गति मिलेको छ। मेयर साहेव आफै आउने भनेपछि सडकमा काम गर्दैगरेकाहरुमा पनि बेग्लै ऊर्जा मिलेको स्थानीयहरुको भनाई रहेको छ। उनीहरुमा एक प्रकारको जोश बढ्ेको पाइएको छ। अब भने, काठमाडौ बन्ने भयो भनेर उनीहरुले प्रतिक्रिया दिन थालेका छन्।

काठमाडौ महानगरपालिकाले वर्षा सकिएसँगै कामको गति अघि बढाउन थालेको हो । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने, सडक निर्माण गर्ने जस्ता कामलाई पनि तिव्रता दिन थालेको मेयर विद्यासुन्दर शाक्यले भिजन संसारलाई भनेका छन्।

काठमाडौ महानगरपालिकाभित्र पर्ने नरदेवी,कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगरपालिका यतिखेर सक्रिय बनेको पनि मेयर शाक्यले बताएका छन्। मेयर शाक्यले यही मंसिरको पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने योजना रहेको बताएका छन्।

प्रकाशन मिति–२०७४ साल कात्तिक २१ गते मंगलवार ।