काठमाडौ। कलंकी–नागढुंगा सडक खण्डमा पर्ने सतुङ्गल गुर्जुधारामा शुक्रबार दिउँसो भयानक दूर्घटना भएको छ। उक्त दूर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने, पाँचजना गंभीर घाइते भएको प्रहरीले जनाएको छ।

काठ बोकेर कलंकीतर्फ आउँदै गरेको ना३ख ९७७३ नम्बरको ट्रकले पाँचओटा सवारी–साधनलाई ठक्कर दिदा उक्त भयानक दूर्घटना भएको हो। दूर्घटनामा मृत्यु हुनेहरुमा मिनिबसका चालक झापाका डम्मर पोखरेल ट्याक्सीचालक काभ्रे–पनौतीका कान्छा बली लामा रहेका छन्।

Truck Break fail

पोखरेलको उपचारकाक्रममा ट्रमा सेन्टर र लामाको बयोधा अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्रगतिमा रहेको ट्रकको ‘ब्रेकफेल’ भएपछि ट्रकले पहिले बिजुलीको पोलमा र त्यसपछि मिनिबस, ट्याक्सी, कार, स्कुटर, मिनिट्रक र बटुवालाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट पोखराका कृष्ण थापा, उनकी छोरी केडिना थापा, बालुवाटारकी अञ्जु आले, उनका चार वर्षीय छोरा एडिक आले र थानकोटका ५६ वर्षीय बालकृष्ण ढकाल घाइते भएका छन् । घाइतेमध्ये एडिक र बालकृष्णको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रकका चालक भने फरार रहेको जनाइएको छ ।
प्रकाशन मिति–२०७३ साल चैत्र ४ गते शुक्रबार