Teku Gyasकाठमाडौ। उद्योग मन्त्री सोमप्रसाद पाण्डेले काठमाडौको टेकुस्थित पचलीमा खेर गैरहेको प्राकृतिक मिथेन ग्याँस लाइटर बालेर सल्काएका छन्।

खाना पकाउने ग्याँसको अभावमा छटपटाएको काठमाडौवासीलाई काठमाडौकै टेकु पचलीमा जमिनमुनिवाट खेर गैरहेको प्राकृतिक मिथेन ग्याँसको उपयोगिता तथा तिनको संभाव्यता विषयमा अध्ययन गर्न गएको टोलीसंग त्यहाँ पुगेका मन्त्री पाण्डेले लाइटर बालेर परिक्षण गरेपछि ग्याँसको संभावना बढेको छ।

पहिला देखि उक्त स्थानमा पानी पनि अरुको स्थानमा भन्दा तातो अनुभव स्थानियले गरेको छ। गत बैशाख १२ गतेको महाभूकम्पले टेकुको जम्बुदिप मार्गमा बन्द अवस्थामा रहेको खानी तथा भूगर्भ विभागको ग्याँस वेल हल्लिँदा छेउछाउवाट प्राकृतिक मिथेन ग्याँस लिकेज भैरहेको छ।

त्यही ग्याँसलाई संकलन गरेर मन्त्री पाण्डेले बालेर देखाएका थिए। मन्त्री पाण्डेका अनुसार उपत्यकामा रहेका संभावित ग्याँसका वेलहरु सफा गर्न शुरु गरिएको छ। बन्द रहेका ग्याँसका वेलहरुलाई सफा गरेर ३ महिनाभित्र प्रयोगमा ल्याइने संभाव्यता अध्ययन शुरु गरिएको छ।
तस्वीर सौजन्य–नागरिक
प्रकाशन मिति–२०७२ साल माघ १३ गते बुधवार ।