काठमाडौ। काठमाडौमा प्रदेशसभाको निर्वाचनको परिणाम पनि क्रमिक रुपमा घोषणा हुन थालेको छ।

यसक्रममा काठमाडौ क्षेत्र नंबर ९ (क) प्रदेशका नेकपा एमालेका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्य भारी मत सहित विजयी बनेका छन्।

डा.शाक्यले ९ हजार ५ सय ३१ मत प्राप्त गरेका छन्। निकत्तम प्रत्यासी नेपाली कांग्रेसका इन्द्रमान तुलाधरलाई २ हजार ३ सय ३८ को मतान्तरले हराउन सफल भएका छन्।

प्रत्यासी तुलाधरले ७ हजार १ सय ९३ मत प्राप्त गरेका थिए।
प्रकाशन मिति–२०७४ साल मंसीर २३ गते शनिवार ।