काठमाडौ। नेपालको राजधानी काठमाडौको मुटु पुतलीसडकस्थित सेयरमार्केटमा आज सोमबार बिहान आगलागी भएको छ।

सेयरमार्केटको सबैभन्दा माथिको तल्लामा रहेको क्यान्टिनमा बिहान ९ः५० तिर लागेको आगो पाँच वटा बारुण यन्त्र र सुरक्षाकर्मीहरुको सहयोगमा ३५ मिनेटमा आंशिक नियन्त्रणमा ल्याइएको बताइएको छ।

बाक्लो घरहरुको रहेको उक्त स्थानमा आगोलागीको कारण बारे थाहा हुन सकेको छैन्। कतिपयले सिलिन्डर ग्याँस पड्किएर आगो लागेको बताएका छन् । आगो नियन्त्रणमा आएकाले ठूलो क्षतिबाट भने जोगिएको छ। पुतलीसडकको यो आगलागीको कारण अफिस आवरमा त्यहाँको सवारी आगमनमा असर परेको थियो।

प्रकाशन मिति–२०७४ साल फागुन १४ गते सोमवार ।