COOKIE2

काठमाडौ। काठमाडौंमा आज मंगलबार यस वर्षकै सबैभन्दा बढी चिसो दिन भएको छ। जाडो महिना शुरु भएसँगै ओरालो लाग्न थालेको तापक्रम गएराति सबैभन्दा कम अर्थात् ३.४ डिग्री सेल्सियसमा झरेको हो।

आज बिहान काठमाडौंको आकाश हुस्सूले ढाकिँदा राजधानीवासीले निकै नै चिसो महशूस गरेका छन्। काठमाडौंमा आज मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Ktm Cold weather.1बिहान ३.४ डिग्री सेल्सियस तापक्रम रहेको काठमाडौंमा दिउँसो भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ। आज देशभरको मौसम सामान्यतः सफा रहे पनि उच्च पहाड र हिमालका केही क्षेत्रमा भने बदली हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर २९ गते मंगलबार ।