काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौमा माओवादी केन्द्रका तीन जना उम्मेदवारलाई नै मन पराएन। बाम–गठवन्धनका उम्मेदवारका रुपमा माओवादी केन्द्रले काठमाडौको क्षेत्र नंबर १ मा उम्मेदवार बनाइएका अनिल शर्मा, क्षेत्र नंबर ६ का झक्कु सुवेदी र क्षेत्र नंबर १० का हितमान शाक्य पराजित बनेका छन्।

माओवादी केन्द्रका यी तीनजना उम्मेदवारलाई नेपाली कांग्रेसका प्रकाशमान सिंह, भीमसेनदास प्रधान र राजेन्द्र केसीले हराएका छन्। काठमाडौ क्षेत्र नंबर १ का उम्मेदवार अनिल शर्मा त विवेकशील साझा पार्टीका रविन्द्र मिश्रभन्दा पनि धेरै तल परेका छन्। काठमाडौका जनतामा माओवादी केन्द्रका उम्मेदवारहरुको प्रभाव पहिला जस्तै यो निर्वाचनमा पनि भएन।

बांकी सात स्थानमा भने, नेकपा एमालेका उम्मेदवारहरुको प्रभाव बलियो बनेको छ। नेपाली कांग्रेसलाई भन्दा नेकपा एमालेका उम्मेदवारहरुलाई काठमाडौका जनताहरुले अत्यन्त रुचाएको पाइएको छ। काठमाडौ क्षेत्र नंबर २ मा माधबकुमार नेपाल, क्षेत्र नंबर ३ मा कृष्ण राई, क्षेत्र नंबर ७ मा रामवीर मानन्धर, क्षेत्र नंबर ८ मा जीवनराम श्रेष्ठ र क्षेत्र नंबर ९ मा कृष्णगोपाल श्रेष्ठको शानदार जित भएको छ।

Ram Bir Manandhar’s Ghar Dailo progm

नेकपा एमालेको क्षेत्र नंबर ५ मा ईश्वर पोखरेलको जित पनि निश्चित छ। पोखरेलले भारी मतले अग्रता कायम गरिरहेका छन्। नेकपा एमालेको हार भएको क्षेत्र नंबर ४ मा मात्र हो।

क्षेत्र नंबर ४ मा नेपाली कांग्रेसका गगन थापासंग नेकपा एमालेका राजन भट्टराईको हार भएको छ। काठमाडौवाट प्रतिनिधिसभामा चुनिएका १० जना सभासदमा नेपाली कांग्रेसका चार तथा नेकपा एमालेका ६ जनाले प्रतिनिधित्व गर्ने भएका छन्।


प्रकाशन मिति–२०७४ साल मंसीर २३ गते शनिवार ।