Dusty Ktm 3काठमाडौ। केही महिनायता काठमाडौ अत्यन्त धुलाम्मे बनेको छ। जताततै मेलम्ची खानेपानीको पाइप विछ्याउने बहानामा सडक खन्ने कार्य तिव्र भैरहेको छ। खनेर पाइप जडान गर्ने कार्य गरेपछि तुरुन्तै नपुरिकन त्यतिकै छाड्ने तथा खनिएका सडकमा तुरुन्तै कालोपत्रे नगर्दा धुलो उडेर सडक यात्रीहरुलाई निक्कै कठिनाइ हुन थालेको छ।

Dusty Ktm 6काठमाडौको बाताबरणिय प्रदुषण चर्को रुपमा बृद्धि भएको छ। मोटरसाइकलमा सवार तथा पैदलयात्रीहरु मेलम्ची खानेपानी आतंकले हैरान बन्न थालेका छन्। सासै फेर्न मुश्किल हुनेगरी बढ्ेको सिलिकन मिसिएको धुलोले गर्दा सर्वसाधारणलाई आक्रान्त पारेको छ।

Dusty Ktm 1खनेपछि पुर्ने तथा कालोपत्र तुरुन्तै नगर्ने सरकारी रबैयाले काठमाडौबासीले दिनहुँजस्तो पीडा भोग्नु परेको छ। धेरैलाई विरामी बनाउन थालेको छ। जनगुनासो बढ्ेपनि सरकार मौन बसेको छ। भूकम्प पीडितहरुको पीडालाई आत्मसाथ नगरेर कानमा तेल हालेर बस्ने सरकार काठमाडौको यो मर्कालाई कसले बुझ्ने भनेर काठमाडौवासीहरुले गुनासो गरेका छन्।

Dusty Ktm 5अर्कोतर्फ मेलम्ची खानेपानीको पाइपलाइन विछ्याउने नाममा गरिएको यसप्रकारको खाल्डाखुल्डी र धुलै–धुलोको आतंकले सर्वसाधारणको अलावा सवारी साधन पनि पर्न थालेको छ। काठमाडौको गौशालामा खनिएको खाल्डो नपुरिदा खाल्डोमा गुडिरहेको टिपर सोमवार विहान ९ बजेतिर अफिस टाइममा फस्दा गाडी चालक र त्यसमा सवार यात्रीहरुको ज्यान मुश्किलले बच्यो।

Dusty Ktm 7त्यसरी खाल्डोमा गाडी फस्दा गौशाला–चावहिल सडक खण्ड घण्टौ जाममा परेको थियो। त्यसैगरेर, नक्सालस्थित भगवती बहाल बालमन्दिर मार्गमा सडक भ्वाङ्ग पर्दा त्यहाँ सवारी आगमन बन्द गरिएको हप्तौ हुंदा उक्त सडकको मर्मत अझै नगरिदा नक्सालको एकतर्फी सडक घण्टौ जाम हुने गरेको छ। यसतर्फ पनि सरकारको ध्यान जान नसकेकोमा नक्सालवासीहरु क्रोधित देखिएका छ।

Dusty Ktm 4

Dusty Ktm 2

प्रकाशन मिति–२०७३ साल माघ १० गते सोमवार ।