Bhukampa mapकाठमाडौ। नेपालमा विनाशकारी भूकम्प गएको पन्ध्र महिना वितिसक्दा पनि त्यसको पराकम्प आउने क्रम रोकिएको छैन। आज शुक्रबार दिउंसो नेपालको समय अनुसार २ बजेर ४० मिनेटको समयमा भूकम्पको धक्का महशुश गरिएको छ।

काठमाडौ केन्द्रविन्दू भएर आएको भूकम्प ३.७ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौमा नै केन्द्रविन्दू भएतापनि भूकम्पको रेक्टर स्केल सानो भएकोले हल्का मात्र धक्का महशुश भएको छ।

आजको भूकम्प पनि गत बर्षको बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पको पराकम्प नै भएको भूकम्प मापन केन्द्रले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल साउन ७ गते शुक्रबार ।