Pataka

काठमाडौ। तिहारको समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ।

प्रहरीले काठमाडौंका विभिन्न स्थानमा बरामद गरेका करिब ३० लाख रुपैयाँ बराबरका पटकासमेत नस्ट गरेको छ।

जुवा खेलिरहेको अवस्थामा मंगलबार बत्तिसपुतलीबाट १३ जनालाई पक्राउ गरिएको र उनीहरुको साथबाट करिब १२ लाख रुपैयाँ बरामद गरिएको पनि प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १ गते बुधवार ।