Singhdarbar Gherau 2काठमाडौ। गत बर्षको असोज ३ गते जारी नेपालको संविधानका कतिपय धाराहरुमा असहमति जनाउंदै मधेसी मोर्चाले गर्दै आएको आन्दोलनको स्वरुपलाई परिवर्तन गरेर काठमाडौ केन्द्रित गरेको छ। मोर्चालाई आदिवासी जनजातिले समेत समर्थन गरेकोले काठमाडौ केन्द्रित आन्दोलनको नेतृत्व संयुक्त मोर्चा संघीय गठवन्धन भनिएको छ।
यसै गठवन्धनले काठमाडौ केन्द्रित आन्दोलनले आइतवार विहान १० बजेदेखि सिंहदरवार घेराउ कार्यक्रम अन्तर्गत दिनभर जस्तो नै काठमाडौलाई हैरान पार्न सफलता पाएको छ।

माइतिघरको मण्डला तथा बानेश्वरमा घेराउ र धर्ना कार्यक्रम दिनभर जसो गरेर काठमाडौको यातायात अवस्थालाई अस्तव्यस्त बनाएर जनतालाई हैरान बनाउने कार्य गर्न मोर्चा संघीय गठवन्धन सफल भएको छ। जसले गर्दा सिंहदरवार, पुतलीसडक, अनामनगर, माइतिघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर लगायतका स्थानमा यातायात ठप्प नै बनेको थियो।

Singhdarbar Gherau 1

थापाथली स्थित प्रसुति गृहमा जान लागेका गर्भवती महिलाहरुलाई बढी समस्यामा पारेको देखिएको थियो। अर्कोतर्फ अस्पतालमा जानुपर्ने विरामी तथा अस्पतालमा रहेका विरामीका परिवारलाई त यस प्रकारको घेराउले असाध्यै नै असर पारेको थियो। संवन्धित निकायमा टेबुल टक नगरिकन नेपाली जनताको नाममा नेपाली जनतालाई दुःख दिने संयुक्त मोर्चा संघीय गठवन्धनले निश्चय पनि राम्रो कार्य नगरेको काठमाडौका जनताको टिप्पणी रहेको छ।

पाँच महिनाभन्दा मधेश तराईमा आन्दोलन गरेर नपुगेर फेरि काठमाडौ केन्द्रित गरेर यसप्रकारको आन्दोलन गर्नुको अर्थको तुक नभएको भनिएको छ। त्यसमाथि, आइतवारको घेराउ कार्यक्रम सोमवार तथा मंगलवार पनि यथावत राख्ने संयुक्त मोर्चा संघीय गठवन्धनको निर्णय सार्वजनिक भएको छ।
गठवन्धनका संयोजक उपेन्द्र यादवले सिंहदरवार घेराउको पहिलो दिन आइतवार शान्तिपूर्ण भएको र यसमा नेपाली जनताको व्यापक सहभागिता भएको समीक्षा गरेका छन्। शान्तिपूर्ण भनिएतापनि काठमाडौबासीलाई हैरानीमा पारेको घेराउले सिंहदरवारभित्रको लागि खासै असर नपारेको टिप्पणी पनि सर्वसाधारणको रहेको छ।

प्रकाशन मिति–२०७३ साल जेठ २ गते आइतवार ।