ktm-banda-1

काठमाडौ। सडक विस्तारका नाममा काठमाडौका स्थानिय जनताहरुको घर–आँगनमा जथाभावी डोजर चलाएको विरोधमा गरिएको काठमाडौ बन्दमा बन्द गराउंदै हिडेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ktm-banda-2

काठमाडौको महाराजगन्ज र टोखा क्षेत्रमा बन्द गराउंदै हिडेका बन्दकर्ताहरुलाई नियन्त्रणमा लिने क्रममा १२ बर्षिय बालिकालाई पनि नियन्त्रणमा लिएको देखियो। जुन अत्यन्त निन्दनिय भएको अधिकारकर्मीहरुले भनेका छन्।

ktm-banda-3काठमाडौका भित्री इलाकाहरु असन, त्यौड, ठहिटी, क्षेत्रपाटी, नरेदेवी लगायतका स्थानहरुमा बन्दको प्रभाव निक्कै नै रहेको पाइएको छ। अन्य क्षेत्रमा पनि बन्दको प्रभाव रहेतापनि सार्वजनिक सवारी साधन वाहेक नीजि सवारी साधन सामान्य रुपमा चलेको पाइएको छ।
तस्वीर सौजन्य–रश्मिला प्रजापति
प्रकाशन मिति–२०७३ साल पुस २० गते बुधवार ।