काठमाडौ। ग्रह, नक्षत्र, बार, तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । बर्षका निम्न महिनामा जन्मने निम्न व्यक्ति यस प्रकार हुने गरेको ग्रह, नक्षत्र अनि तिथिको आधारमा ज्योतिषहरुले फलादेश दिने गरेका छन्। जुन यसप्रकार रहेको छ–

१. बैशाख महिनाःबैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।

२. जेठ महिनाःजेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।

३. असार महिनाःयो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।

४. साउनः साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।

५.भदौः भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।

६. असोजः यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।

७. कार्तिकः यो महिनामा जन्मिएका मानिसहरु धनवान, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।

८. मंसिरः यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

९. पुसः यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।

१०. माघः यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।

११. फागुन महिनाः यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।

१२. चैतः यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २५ गते शनिवार ।