काठमाडौं। करिब ५ सयभन्दा बढी म्युजिक भिडियो तथा डकुमेन्ट्रीको निर्देशन गरिसकेका बहुमुखी प्रतिभाका धनी निर्देशक कृष्णदेव रुपाखेतीको नयाँ म्युजिक भिडियो रिलिज भएको छ।

निर्देशक रुपाखेती निर्देशित आज फुर्सद छैन मैया बोलको गीतको भिडियो रिलिज भएको हो। प्रमोद खरेलको गायत, कञ्चन पुडासैनीको शव्द तथा अनिल घिमिरेको संगीत र विपिन आचार्यको म्युजिक एरेञ्ज नयाँ रिलिज भएको भिडियोको गीतमा रहेको छ।

भिडियोमा विकास लामिछाने र सम्पदा बानियाको गुलाबी मायाबी अभिनय रहेको छ। भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी र विकास दाहालको सम्पादन रहेको छ।

प्रकाशन मिति–२०७६ साल माघ २४ गते शुक्रवार ।