काठमाडौ। केडिया अर्गनाइजेशनका सुरेश केडिया बिहीबार साँझ अपहरणमा परेका छन्। बाराको बरियारपुरबाट फर्किने क्रममा पसाहा पुलमा ५६ वर्षीय केडिया चढेको गाडीलाई अपहरणकारीले रोकी चालकलाई गोली हानेर उनको अपहरण गरेको हो। सुरेश केडिया सदभावना पार्टीका सांसद विमल केडियाका दाई हुन् ।

Suresh Kediya's Car Driver

बा १० च ७२४० नम्बरको टेक्सन कारमा बरियारपुरबाट कलैया हुँदै वीरगन्ज जाने क्रममा केडियाको गाडी चलाएका पर्सा विन्देवासिनी २ का श्याम साह कानुलाई कन्चटमा गोली हानेर सुरेशलाई भारतीय गाडीमा अपहरण गरी लगिएको हो । केडियाको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ। घाइते चालकलाई कलैया अस्पतालबाट थप उपचारको लागि प्रहरीको निगरानीमा वीरगन्ज लगिएको छ। प्रहरीका अनुसार व्यापारी केडियालाई अपहरण गरी भारतीयसहित अपहरणकारीको समुह बघवनबाट बरियारपुर हुँदै सीमावर्ती कवही तर्फ भागेको छ ।
प्रकाशन मिति–२०७३ साल जेठ १३ गते विहीवार