काठमाडौ। केवल महिलालाई मात्र प्रवेश दिने लक्ष्यका साथ एक सामुद्रिक टापु नै निर्माण भएको छ। सुविधा संपन्न त्यस टापुमा महिलालाई वाहेक पुरुषलाई प्रवेश निषेध गरिएको छ। त्यो अति सुन्दर टापुको निर्माण फिनल्याण्डको बाल्टिक समुद्र नजिक गरिएको छ। यस टापुको नाम नै सुपर सी राखिएको छ।

यो टापुलाई महिलाको लागि मात्र खुल्ला गर्नुमा अमेरिकी व्यवसायी महिला क्रिस्टिना राथको देन छ। राथ लामो समयदेखि यस्तै ठाउँको खोजीमा थिइन् जहाँ महिलाहरुले स्वतन्त्रतापूर्वक पार्टी गर्न सकून् र मज्जाले इन्ज्वाय गर्न पाउन्। उनले यस टापुमा भव्य रिसोर्ट स्थापना गरेकी छन्।

गत सेप्टेम्बरमा उनले ८.४ एक्कड क्षेत्रफलको यो टापु उनले खरीद गरेकी थिइन्। हाल त्यहाँ सम्पूर्ण निर्माण कार्य भैरहेको छ। रिसोर्टमा ४ क्याबिन हुनेछन् । जसमा स्पाना, साउनाबाथ लगायतका सबै सेवा सुविधा उपलब्ध हुनेछन्।

( समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल फागुन २० गते आइतवार ।