camrun-train-accidentकाठमाडौ। क्यामरुनको याउन्ड र डेआला शहरको वीच एसेकामा एक यात्रुवाहक रेल दुर्घटना हुँदा ५३ जनाको ज्यान गएको छ। यात्रुले भरिएका उक्त रेलका १० वटा डिब्बा लिकबाट बाहिर गएपछि दुर्घटना भएको हो।

दुर्घटनामा तीन सयभन्दा बढी घाइते भएका छन्। अत्याधिक भारका कारण रेल दुर्घटना भएको हुनसक्ने बताइएको छ। ६ सय यात्रु क्षमताको रेलमा १३ सय सवार रहेको बताइएको छ। लगातारको वर्षाका कारण क्यामरुनको सडक ठाउँठाउँमा बिग्रिएकाले बसबाट यात्रा गर्न समस्या भएपछि रेलमा थप यात्रु लैजान नियमित भन्दा ८ वटा डिब्बा जोडिएको थियो।

त्यहाँका यातायात मन्त्री एडगार्ड एलनले केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल कात्तिक ६ गते शनिवार