condomsकाठमाडौ। भ्यालेनटाइन्स–डे मनाउने क्रममा काठमाडौको आरआर क्याम्पसमा डाक्टरले नै गुलाब फूलको साथमा कण्डम बाँड्ने प्रयास भएवाट तनाव भएको छ।

आइतवार भएको घटनामा कण्डम बांड्ने प्रयास गर्ने डा.सुशील कोइरालामाथि विद्यार्थीहरुको एक समूहले हातपात समेत गरेर बांड्न ठीक्क पारिएका सवै कण्डम बोरामा हाल्न लगाएर फिर्ता पठाइएको छ। समाचार अनुसार भ्यालेनटाइन्स–डे मनाउने तथा गुलाबको फूल आदान–प्रदान गर्ने योजना अनुसार क्याम्पसका केही विद्यार्थी र डा.कोइराला वीच सल्लाह भएको थियो।

Rose Gift

विद्यार्थी र डा.कोइराला वीचको सल्लाह बमोजिम शनिवार विश्व कण्डम दिवस पनि भएकोले यौनको बारेमा सचेतना दिन कण्डम समेत बाँड्ने योजना गरिएतापनि डा.कोइरालामाथि नै हातपात भएपछि सफल भएन। चार सय गुलाव र १५ सय कण्डम बांड्न ल्याइएतापनि गुलाव बाहेक कण्डम बाँड्न नसकेको डा.कोइरालाले बताएका छन्।

गुलाव टिप्न आंट गर्ने विद्यार्थीहरुले कण्डम टिप्न आँट नगरेपछि विद्यार्थी समूहवाट आएको एक भीडवाट डा.कोइराला लगायतलाई आक्रमण गरिएको बताइएको छ। विद्यार्थी नेताले हातपात गरेको अस्वीकार गरेका छन्। उनीहरुले क्याम्पसभित्र कण्डम वितरण गरिएको विषयमा धेरै साथीहरुले आपत्ति जनाएपछि आफूहरु गएर संझाएको मात्र बताएका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन ३ गते सोमवार ।