haiti-adhiकाठमाडौ। क्यारेबियन मुलुक हैंटीमा आएको मैथ्यु नामक समुद्री आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ। आँधीका कारण थुप्रैको ज्यान गएको छ । भारी बर्षा र आँधीपछि आएको बाढीका कारण हैंटीको तटीय क्षेत्र डुबानमा परेको छ।

प्रतिघण्टा २ सय ४० किलोमिटरको दरले आएको आँधीका कारण कयौं घरका छाना उडाउनुका साथै जताजतै बिजुलीका पोल र रुख ढल्दा सडक अबरुद्ध बनेको छ। आँधी आउनु अघिनै त्यहाँका जनतालाई बाढी र भूस्खलन हुनसक्ने भन्दै मौसमविद्हरुले सचेत रहन आग्रह गरेका थिए।

हजारौं जनतालाई सुरक्षित स्थानतर्फ सारिएको थियो । आपतकालिन शरणस्थल बनाई ३ लाख ४० हजार जनतालाई शरण दिइएको बताइएको छ। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल असोज १९ गते बुधवार ।