LP Gyasकाठमाडौ। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धि गरेको छ । निगम प्रवक्ता सीताराम पोखरेलका अनुसार ग्यासमा रु २५ मूल्यवृद्धि गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीका आधारमा मूल्य वृद्धि हुंदा ग्यासको मूल्य रु १ हजार ३ सय ७५ पुगेको छ । प्रवक्ता पोखरेलले ग्यासमा अझै रु २ सय ९१ घाटा रहेको बताएका छन् ।

पेट्रोल, डिजल र मट्टितेलको भने मूल्यवृद्धि नभएको निगमले जनाएको छ।

प्रकाशन मिति–२०७३ साल फागुन २७ गते शुक्रबार ।