Food Fest 1

काठमाडौं । रंगहरुको महान पर्व होलीको अवसरमा हस्पिटालिटी फाउन्डेसन अफ नेपालद्धारा आयोजित “ग्यास्ट्रोनोमि मोडन फुड फेस्टीबल सम्पन्न भएको छ ।

काठमाडौंको सामाखुसी स्थित सम्राट गार्डेन्ट रेष्टुरेन्टमा संपन्न भएको हो। फागुन २७ देखि चलेको खाना महोत्सब आइतवार साँझ देखि समापन गरिएको आयोजक हस्पिटालिटी फाउन्डेसन अफ नेपालका अध्यक्ष महेशराज ढकालले भनेका छन्।

Food Fest 2

तीन दिनसम्म चलेको खाना महोत्सबमा दुई लाख पचास हजार भन्दा बढीको व्यापार भएको सम्राट गार्डेन रेष्टुरेन्टका सञ्चालक तेजकुमार श्रेष्ठ (राजीब)ले खुलासा गरेका छन्। नेपालमा पहिलोपटक उपलव्ध भएको पोलेको मःम र लेकाली चिकेन खानको लागि टाढा टाढा देखि ग्राहकहरु सामाखुसी पुगेको सञ्चालक श्रेष्ठको जिकिर रहेको छ।

Food Fest 3

संचालक श्रेष्ठले भिजन संसारमा खाना महोत्सब बारेको समाचार प्रकाशन भएपछि कयौ ग्राहकहरु खोज्दै खोज्दै रेष्टुरेन्ट पुगेको बताएका छन्। व्यापार भन्दा पनि हामीप्रति ग्राहकले देखाएको सदभाबले आफूहरु निकै उत्साहीत भएका श्रेष्ठको भनाइ रहेको छ। खाना महोत्सबमा पोलेको मःमको व्यापक आकर्षण रहेको थियो। साथमा लेकाली चिकेन, तिलसिन्का, ढिडो र नेपाली परिकारसंगै नेपाली र बिदेशी पाहुनाहरु रमाएका थिए ।

Food Fest 4

खाना महोत्सब समापन कार्यक्रममा सेफ एशोसिएसनका पुर्व अध्यक्ष श्रीकृष्ण लामा, सेफ एशोसिएसनका महासचिब श्रीराम अधिकारी, हस्पिटालिटी फाउन्डेसनका अध्यक्ष महेशराज ढकाल तथा प्रबन्ध निर्देशक राजु भट्ट,, सम्राट गार्डेन रेष्टुरेन्टका सञ्चालक सेफ मनिकुमार राई, चर्चित नेपाली सेफहरु बासु सत्याल, भक्तबहादुर गुरुङ, बेकरी सेफ हरीबहादुर बानीयाँ, स्नेहा मिडीयाका सुरेशचन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो।

Food Fest 5

खाना महोत्सबको समापनको क्रममा अन्तराष्ट्रिय अवार्ड बिजेता नेपाली सेफ महेशराज ढकालले नेपालमानै पहिलोपटक चार्ट मःमको लन्च समेत गरेका थिए।
प्रकाशन मिति–२०७३ साल फागुन २९ गते आइतवार ।