Parash in Khokana 1काठमाडौ। पाटनको ऐतिहासिक प्राचिन नगरी खोकनामा पूर्वयुवराज पारस शाहको शुक्रबार भव्य स्वागत भएको छ। पूर्वयुवराज शाह आफ्नो ४५ औं जन्मदिनको अवसर पारेर खोकनाको रुद्रायण देवीको मन्दिरमा दर्शन गर्न जाने क्रममा खोकनावासीले शाहको भव्य स्वागत गरिएको हो।

Parash in Khokana 3

राजतन्त्रको झल्को दिनेगरेर स्थानिय परम्परागत बाजागाजा सहित शाहको स्वागत गर्ने कार्य स्थानिय खोकनाको रुद्रायण गुठीले गरेको हो। शुद्ध खाने तेलको लागि प्रसिद्ध मानिएको ऐतिहासिक नगरी खोकनामा शाहले बहिनी शिताष्मा शाहका साथमा करिब एक घण्टा विताएका थिए।

सोही क्रममा खोकनाको तेल मिलवाट शाहले २ पाथी खानेतेल पनि किनेका थिए। उनले खोकनाको परिक्रमा गरिरहंदा राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद लगायतका नाराहरु पनि घन्किएको थियो।

Parash in Khokana 2प्रकाशन मिति–२०७२ साल माघ ९ गत शनिवार ।