Pawan Joshi sammanit 2काठमाडौ। नेपालका ख्यातिप्राप्त कलाकार तथा फोटोग्राफर पवन जोशी सम्मानित बनेका छन्। शनिवार आयोजित काठमाडौ फोटोग्राफर संघको नवौ बार्षिक साधारण सभामा फोटोग्राफर जोशीलाई भव्य सम्मान गरेको हो।

Pawan Joshi sammanit 3नेपाली समसामयिक फोटोग्राफीमा करिब चालिस बर्ष देखि दिएको योगदानको कदर स्वरुप संघले उक्त सम्मान जोशीलाई दिएको हो। अग्रज फोटोग्राफर मंललकृष्ण श्रेष्ठले सम्मानित जोशीलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन्।

Raj Bhai Suwalसंघका अध्यक्ष भवदेव मगरको सभापतित्वमा संपन्न सम्मान कार्यक्रममा पुराना फोटोग्राफर बखत बहादुर चित्रकार, अर्का प्रसिद्ध फोटोग्राफर राजभाइ सुवाल, रत्मान आँशु लगायतले सम्मानित फोटोग्राफर जोशीको व्यक्तित्व र कलाकारिताको प्रशंशा गर्दै बधाई ज्ञापन गरेका थिए। कार्यक्रममा अर्का फोटोग्राफर टीकाराम रानामगरलाई पनि सम्मान गरिएको थियो।

Pawan Joshi sammanit 1प्रकाशन मिति–२०७४ साल असोज १ गते आइतवार ।