Vetran Glamour Photographer Kabindra Man Shakya
Vetran Glamour Photographer Kabindra Man Shakya

काठमाडौ। नेपालको ग्ल्यामर फोटोग्राफीमा अतुलनीय योगदान दिदैआएका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्य पुरस्कृत बनेका छन्। दुई तोलाको चाँदीको मेडल अवार्ड सहित पुरस्कार तथा सम्मान पत्रवाट फोटोपत्रकार शाक्य सम्मानित बनेका हुन्।

राष्ट्रिय फोटोपत्रकार समूहको २१ औं स्थापना दिवस तथा बार्षिकोत्सवको अवसरमा नेपालका सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उक्त सम्मान शाक्यलाई प्रदान गरेका थिए।

शाक्यसंगै सम्मानित हुने अन्य फोटोपत्रकारहरुमा गोरखापत्र दैनिकका फोटोपत्रकार राजेन्द्र चित्रकार, संस्कृति तथा सम्पदा फोटोपत्रकार गणेशकुमार श्रेष्ठ, शाहसीक फोटोपत्रकार राजेश गुरुङ र पर्यटन फोटो पत्रकार किरण आचार्य रहेका छन्।

विसं २०५३ सालमा स्थापना भएको फोटो पत्रकार समूहमा ३१ जिल्लाका ४०० भन्दा बढी फोटो पत्रकार आवद्ध रहेका छन्।

Kabindra Man Shakya 3प्रकाशन मिति–२०७४ साल असोज ९ गते सोमवार ।