काठमाडौ। नेपालभाषाको हांस्य सिरियलको इतिहासमा ख्वताबजीले गौरबमय प्रसारणको कीर्तिमान कायम गरेको छ। इमेज च्यानल टेलिभिजनवाट निरन्तर ७ सय एपिसोड प्रसारणको कीर्तिमान शनिवार राखेको हो।

यस अवसरमा ललितपुरको नःखु दोभान स्थित सिलौटी रिसोर्टमा ख्वताबजी टीमले भव्य कार्यक्रम गरेर उत्सव मनायो। गौरबमय प्रसारणको कीर्तिमान उत्सवमा नेपालका ख्यातिप्राप्त हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। साथमा इमेज च्यानलका अध्यक्ष आरके मानन्धर, उपाध्यक्ष इन्दिरा मानन्धर तथा महाप्रवन्धक रघुबीर मानन्धर लगायतको विशेष आतिथ्यता रहेको थियो।उत्सव समारोहमा गौरबमय कीर्तिमान सहितको ख्वताबजीको ७ सय एपिसोड लेखिएको केक काट्ने कार्य भएको थियो। उत्सवलाई रौनक बनाउन ख्वताबजीका लेखक तथा निर्देशक अनि चर्चित अभिनेता सुरेन्द्र तुलाधरको सुमधुर कार्यक्रम प्रस्तुतिका साथमा कान्छी हे कान्छी बोलको विलकुलै नयाँ स्टाइलको गीतले कार्यक्रममा रौनकता थपिएको थियो।

सोही गीतमा नेपाली चलचित्र उद्योगका टाइकोन चलचित्र वितरक गोपालकाजी कायस्थले डान्स हान्दा सवै अझ रमाएका थिए। साथमा ख्वताबजी टीमको विविध मनोरन्जक प्रस्तुतिले उत्सव महाउत्सव बनेको थियो।

प्रकाशन मिति–२०७४ साल पुष ३० गते आइतवार ।