गर्भाधारण रोक्नका लागि गर्भनिरोधक चक्कीलाई सबैभन्दा सुरक्षित तथा सही तरिका मानिन्छ। तर यसको प्रयोगको विषयमा पनि एउटा चिन्ता कायमै रहने गरेको छ । यस्तो गर्भनिरोधक चक्कीको साइड इफेक्ट बढि हुने र त्यसले महिलाको प्रजनन क्षमतामै असर पार्ने खालका धारणा तथा अनुभव समेत रहेका छन् । कतिपय धारणाहरु गलत रहने गरेका छन् । गर्भनिरोधक औषधिका विषयमा जान्नैपर्ने केही तथ्यहरु यस्ता छन्–

Familly planning-pills1१. केही हदसम्म यो सत्य हो । जो महिलाहरुमा स्वास्थ्य सम्बन्धी कुनैपनि समस्या छैन उनीहरुले डाक्टरको सल्लाह विनै पनि गर्भनिरोधक चक्की सेवन गर्न सक्छन् । तर जुन महिलामा सुगर, हाइपर टेन्सन तथा थाइराइड जस्ता समस्या छन् उनीहरुले यस्ता औषधि सेवन गर्नुअघि डाक्टरसँग अनिवार्य रुपमा परामर्श लिनुपर्छ । त्यस्तै जो महिलामा कलेजो तथा रगत सम्बन्धि समस्या छ उनीहरुले पनि डाक्टरको सल्लाह विना गर्भ्निरोधक औषधि सेवन गर्नु हुँदैन । पहिले देखि नै कुनै रोगको औषधि सेवन गरिरहेकी महिलाले समेत डाक्टरको परामर्श लिएर मात्र गर्भ्निरोध औषधि सेवन गर्नुपर्छ ।

२. अधिकांस गर्भनिरोधक चक्कीमा एस्ट्रोजन तथा प्रोजेस्टेरोन हर्मोनको मिश्रण हुन्छ। एस्ट्रोजनको धेरै मात्राको सेवनले सरीरमा पानी एकत्रित हुन्छ र सरीर फुलिन्छ । जसका कारण जिउको वजन बढ्दछ । अहिलेका गर्भ्निरोधक चक्कीहरुमा यी हर्मोनको मात्रा कम हुने गरेको छ जसका कारण महिलाको वजन बढ्ने समस्या कम हुन्छ । तर जो महिलामा पाचन तथा मोटोपना सम्बन्धी समस्या छ उनीहरुमा गर्भ्निरोधक चक्कीले साइड इफेक्ट पार्न सक्छ ।

३. सत्य यो हो की गर्भनिरोधक चक्कीमा हुने हर्मोनको कम मात्रा पनि हर्मोनको असन्तुलनलाई ठीक गर्ने तथा प्रजनन क्षमतालाई सही ठाउँमा ल्याउने काममा सहयोगी हुन्छ । यदि तपाइँले बच्चा जन्माउन चाहनुभएको छ भने गर्भाधारणका लागि चक्की सेवन बन्द गरेको २ देखि ३ महिनासम्म पर्खनुहोस् । केही महिलालाई यसमा झण्डै ६ महिनासम्म पनि पर्खिनुपर्ने हुनसक्छ, त्यसकारण धैर्य राख्नुपर्छ । गर्भ्निरोधक चक्कीले गर्भाधारणलाई केही समय ढिलो पार्नसक्छ ।

४. गर्भनिरोधक औषधिको सेवनले जिउ सुन्निने, वजन, वान्ता हुने, टाउको दुख्ने तथा रिंगटा लाग्ने जस्ता साइड इफेक्ट देखिन सक्छन् । तर ध्यान दिनुहोस् की यी समस्या केही समयको लागि मात्र रहन्छन् । अहिलेका गर्भ निरोधक चक्कीमा हर्मोनको मात्रा कम हुन्छ, त्यसैले त्यसको साइड इफेक्ट पनि कम हुन्छ । सामान्य रुपमा यस्ता चक्की सेवन गरेको ३ महिनासम्म मात्र यस्ता साइड इफेक्ट रहन्छन् । यदि लामो समयसम्म साइड इफेक्ट कायम रह्यो भने डाक्टरसँग परामर्श गरिहाल्नुस् ।

५.रजश्वला अर्थात मिन्स हुने सम्भावना कम हुन्छ । तर गर्भनिरोधक चक्कीले रजश्वलाको क्रमलाई केही मात्रामा प्रभावित भने गर्नसक्छ । अर्कोतर्फ यसले हर्मोन असन्तुलनलाई ठिक गर्ने हुनाले पहिले असन्तुलित हुने रजश्वला चक्रलाई सन्तुलित गराउन पनि भूमिका खेल्दछ ।

Familly planning-pills(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल जेष्ठ ८ गते सोमवार ।