काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको ८४ बर्षिय पिता प्रेमपूर्ण कर्माचार्य दुःखद निधन भएको बुधवार तेश्रो दिन पुगेको छ। पिताको देहान्त भएको गहिरो पीडा तथा शोकमा रहेका प्रेमसागर काठमाडौको बागबजारस्थित निवासमा क्रियामा रहेका छन्।

Prem Sagar Karmacharya in Shok3पिताको तेह्रदिने क्रियामा रहेको यो समयमा पनि प्रेमसागरलाई भने रगतकै जोहो गर्न र गराउनमा नै उनी व्यस्त भएको पाइयो। पिताको देहान्तको दुःखद अवस्थामा पनि रगतको अभावमा छटपटाइरहेकाहरुलाई रगत मिलाइदिने तथा रगतको व्यवस्था गर्ने कार्य मोवाइल फोनकै माध्यमवाटै गर्दैगरेको पाइयो।

भिजन संसार टीम बुधवार कर्माचार्य निवास पुग्दा प्रेमसागर मोवाइलमा नै अनवरत रुपमा व्यस्त भएको पाइयो। प्रेमसागरको मोवाइल नंबर ९८५१०६९३३८ पहिला जस्तै १०–१५ मिनेटको अन्तरालमा बजिरहने गरेको पाइयो। ज्ञात–अज्ञात सवै फोन कललाई उतिकै महत्वकासाथ रिसिभ गरेर आफू गहिरो शोकमा रहेतापनि त्यसको मतलवै नगरिकन सेवा गर्ने बोली, बचन तथा ब्यबहारको आगन्तुक सवैले तारिफ गरेको देखियो।

Prem Sagar Karmacharya in Shok1

बुधवार मात्रै ओ नेगेटिभ रगतको अभाववाट छटपटाइरहेका विरामी देखि ए,बी र ओ पोजिटिभ रगतको आवश्यक विरामीहरुको लागि पनि रगत मिलाइदिने कार्यमा त्यतिकै सक्रिय रहेको पाइयो। पिताको देहान्त भएकै समयमा पनि उनलाई दुईजना विरामीका आफन्त मोडल अस्पताल आएको बताइयो।

त्यो बेला पनि रगतको जोहो गरेर मर्नवाट जोगाउने आपतका देवता प्रेमसागर कर्माचार्यले पितालाई भने बचाउन सकेन। विभिन्न रोगवाट आक्रान्त बनेका प्रेमसागरका समाजसेवी पिता प्रेमपूर्ण कर्माचार्यको निधन सोमवार प्रेमसागरकै काखमा भएको थियो।

आफ्नै काखमा राखेर सुमसुम्याइरहेको अवस्थामा प्राण त्यागिसकेका प्रेमपूर्णको ज्यान बचाउन सकिएला कि भनेर हतारमा काठमाडौ मोडल अस्पताल पुर्याइएतापनि बचाउन नसकेको त्यो तिक्त क्षणलाई घरीघरी संझिरहेका प्रेमसागर पिता प्रेमपूर्ण कर्माचार्यकै सही मार्गदर्शन र दिशावोधकै कारण रक्तदान जस्तो महादानको सेवामा लागेको बताउंछन्। पिता प्रेमपूर्णका अधुरा कार्य तथा सपना पूरा गर्ने अव आफ्नो एकमात्र लक्ष्य रहेको प्रेमसागर सुनाउंछन्।

Prem Sagar Karmacharya in Shok2]प्रकाशन मिति–२०७३ साल चैत्र ९ गते बुधवार ।