anil-shahi-6काठमाडौ। गिटारको तालमा यदि काल अगाडि आएमा पनि त्यो कालले पनि हार खानु पर्ने हुन्छ। गिटारको तालमा संभवत कालले पनि हार खानुपर्ने अवश्य हुन्छ। त्यस्तो गिटारका शिल्पीको नेपाल वाहेक नेपाल बाहिरका डायस्पोराहरुमा पनि त्यतिकै डिमाण्ड रहदैआएको छ। त्यो शिल्पी अरु कोही नभइकन गिटारको माध्यमवाट काललाई पनि टक्कर दिने गिटारका नायक अनिल शाही हुन्।

anil-shahi-5

अनिल शाहीको गिटारको अगाडि एक से एक नामुद उस्तादहरु मन्त्रमुग्ध बन्ने गरेका छन्। गिटारको त्यो तालमा संभवत विश्व नै जित्ने खुवी बोकेका नेपालका अत्यन्त प्रतिभाशाली गितारिष्ट एवम् लोकप्रिय संगीतकार अनिल शाहीले गत बर्षको नोभेम्बर महिनामा नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ अष्ट्रेलियाको सिडनीमा कन्सर्ट दिएका थिए।

anil-shahi-in-consert-2बरिष्ठ गायक दीप श्रेष्ठको साथमा सिडनीको त्यो कन्सर्ट संगीतकार अनिल शाहीको गितारको तालको प्रस्तुतिले सिडनीमा रहेका नेपाली तथा गैरनेपालीहरु समेत अत्यन्त आकर्षित बनेका थिए। त्यसको अलावा अमेरिका, बेलायत लगायतका मुलुकहरुमा भएका विभिन्न कन्सर्टमा अनिल शाहीको गिटारले आगो बाल्दैआएका छन्।

anil-shahi-in-consertगिटारको तालको मल्लयुद्ध गर्न माहिर खेलाडीका रुपमा मानिएका अनिल शाही सानैवाट गिटारसंग खेल्दै हुर्के। र त्यही गिटारले अनिल शाहीलाई संगीतकार बनायो। अनिल शाहीले दिएका पाँच सय भन्दा गीतका संगीतमा गिटारका तिलस्मी जादू छरेका छन्।

anil-shahi-1अनिल शाही संगीतकार मात्र नभइकन एक राम्रा गायक भएतापनि उनले कमै मात्र गाएका छन्। बढी संगीत नै दिएका छन्। त्यो पनि स्टेज कन्सर्टमा गिटारको मल्लयुद्ध निक्कै नै आकर्षित बन्दैआएको छ।

anil-shahi-2

पचासको दशकको हिट गीत कुमार कान्छाले गाएको प्रीत विनाको योवन अफाप नै भयो बोलको गीत अनिल शाहीको कालजयी संगीत भएको नै गीत बन्न सफलता प्राप्त गरेको छ। त्यसको अलावा सयौ नेपाली चलचित्र तथा आधुनिक गीतहरु हिट बनेका छन्।

anil-shahi-3दर्जनौ दर्जन गीति–एल्वम निकालिसकेका अनिल शाहीको एकल संगीतमा पछिल्लो एल्वम अनिरुद्ध आएको छ। जसमा भारतीय गायक सन्दीप सेन गुप्ताको एकल गायन रहेको छ।
प्रकाशन मिति–२०७३ साल असोज ४ गते मंगलवार ।