Sridev1काठमाडौ। नेपाली चलचित्र उद्योगमा फरक धार तथा फरक कोणवाट काम गर्न रुचाउने अभिनेता श्रीदेव भट्टराई यतिखेर नेपाली गीतका म्युजिक भिडियोहरुमा पनि व्यस्त बन्न थालेका छन्।

चलचित्रमा भन्दा म्युजिक भिडियोमा तुलनात्मक रुपमा छिटो तथा छरितो तरीकाले राम्रो नतिजा ल्याउन सकिने भएकोले यसतर्फ आफू आकर्षित बनेको जिकिर गर्ने अभिनेता श्रीदेव शिव अधिकारीको शव्द तथा संगीत अनि गायन रहेको माया पाउंछु बोलको गीतमा बेजोड अभिनय गरेर चर्चामा आएका छन्।

Sridev with Anjuचाँडै नै युट्युब मार्फत वल्र्डवाइड रिलिज हुने तर्खरमा रहेको यस गीतको भिडियोमा अभिनेता श्रीदेवले नराम्ररी धोका पाएका छन्। म्युजिक भिडियोले मागेको कथामा श्रीदेवलाई धोका दिने कलाकार अरु नभइकन उही अञ्जु निरौला बनेकी छन्। कथाले मागेपछि श्रीदेवलाई मैले धोका दिनुपर्ने दृश्य भएपछि मज्जाले धोका दिएकी हुँ भनेर अभिनेत्री निरौलाले भनेकी छन्।

Sridevप्रकाशन मिति–२०७४ साल जेष्ठ ७ गते आइतवार ।