Prabin Bajracharya with Dogकाठमाडौ। हे मानव मलाई कुकुर भन, कुत्ता भन, तर भुस्याहा नभनी देऊ फालिएको बासी, कुहिएको देऊ तर बिष घोलेर नदेऊ बोलको कुकुर अधिकारको गीत गायक प्रविन बज्राचार्यले गाएका छन्। कुकुरको गीत गाउने गायकका रुपमा पनि नाम कमाएका कुकुर व्यवसायी समेत रहेका गायक बज्राचार्य कुकुरले बाँच्न पाउनुपर्छ भन्ने अपेक्षासहित यस्तो मार्मिक गीत गाएको बताउंछ।

यस गीत मार्फत आफूले मानव जातिलाई गतिलो पाठ सिकाउने प्रयास गरेको समेत भनेका छन्। सडकमा डुलिहिड्ने होस या घरमा परिवारको सदस्यझैं पालिने कुकुरहरुको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्ने सन्देश गीतले दिएको छ । एक सचेत प्राणीका रुपमा स्वीकार गरिने कुकुरलाई तिहारमा पूजा गरिने भएपनि मानिसहरुले नै कुटेर अचेत तुल्याइदिने प्रबृत्तिको विरुद्धमा गीतले आवाज दिएको छ ।

कुकुरकोआँखा फुटाइदिने, तेजाब खन्याएर पीडा दिने जस्ता गलत क्रियाकलापलाई मार्मिक ढंगले भिडियोमा सार्वजनिक गरिएको छ । गीतमा कुकुरहरुलाई नै मोडेल बनाएर गायक बज्रचार्य आफै मोडल बनेका छन्। डा.सुनिल सापकोटाको रचना, कल्याण सिंहको संगीत रहेकोे यस गीतको छायांकन तथा निर्देशन नवीन के. श्रेष्ठले गरेका छन्।

प्रकाशन मिति–२०७२ साल मंसिर १९ गते शनिवार ।