tamu-lhosar-1काठमाडौ। आज पुस १५ गते गुरुङ्ग सम्प्रदायको महान पर्व तमू ल्होसार पर्व परेको छ। गुरुङ समुदायले बाँदर बर्षलाई बिदाई गरी चरा बर्षलाई स्वागत गरेर आज तमू ल्होसार पर्व मनाउँदैछन्। ल्हो को अर्थ वर्ष र सारको अर्थ हो नयाँ।

ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ। यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

tamu-lhosar-2

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायले मनाउँदै आएको पर्व तमू ल्होसारका अवसरमा शुभकामना दिएकी छिन्। राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा गुरुङ समुदायको यो पर्वले सबैमा उत्साह र उमंग कायम गरी हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवद्र्धनमा योगदान पुर्‍याउन सकोस् भन्ने कामना गरिएको छ।
प्रकाशन मिति–२०७३ साल पुस १५ गते शुक्रबार ।