Mr. Bhawan Bhatta
Mr. Bhawan Bhatta

काठमाडौ। गैरआवाशीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। एनआरएनको सोमबार सम्पन्न निर्बाचनमा भवन भट्ट विजयी भएका हुन्।

काठमाडौंमा सम्पन्न ८ औं एनआरएनए विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा भएको थियो।७६ देशका १ हजार ८ सय ५४ प्रतिनिधीहरु अधिवेशनमा सहभागि भएको आयोजकले जनाएको छ।

अध्यक्षमा भट्टका साथै उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य बिजयी भएका छन् भने महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, सचिवमा डीबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत थापा, सहकोषाध्यक्षमा सोमनाथ सापकोटा, महिला संयोजकमा बेल्जीयमकी रजनी प्रधान, युवा संयोजक सुधन थापा, एसिया संयोजक किरण थापा, उपसंयोजक पारसमणी पोख्रेल विजयी भएका छन्।

Mr.Bhawan Bhatta-Newly Elected in Chairman of NRNA.
Mr.Bhawan Bhatta-Newly Elected in Chairman of NRNA.

प्रकाशन मिति–२०७४ साल असोज ३१ गते मंगलवार ।