Kishor Dhakalकाठमाडौ। पहिलो चरणको स्थानीय निर्वाचनको लहर नेपालका ३४ जिल्लामा रौनकका रुपमा छाएको छ। यसैक्रममा गोरखा जिल्लाको भीमसेन गाउंपालिकाको प्रमुख पदमा गोरखा घाटबेसी निवासी सवैभन्दा पुराना तथा अग्रज व्यक्तित्व किशोरप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन्।

राप्रपावाट टिकट पाएर राप्रपावाट भीमसेन गाउंपालिकाको प्रमुख पदमा मंगलवार गोरखा जिल्लाको बगुवामा उम्मेदवारी दर्ता गराएका ढकाल आफ्नो विजयप्रति निक्कै आशावादी देखिएका छन्। सामाजिक रुपमा उच्च तथा स्वच्छ छवि बनाएका ढकालको उम्मेदवारीले भीमसेन गाउंपालिकामा निर्वाचनको बेग्लै लहर छाएको स्थानीयको भनाई रहेको छ।

हाम्रालाई होइन, राम्रालाई विजयी बनाउनु पर्छ र गाउंपालिकाको मुहारलाई उज्यालो बनाउनेलाई अमूल्य मतदान गर्नुपर्ने सोच यतिखेर गोरखा भीमसेन गाउंपालिकाका स्थानीयहरुमा भैरहेको छ। सोही अनुरुप किशोरीप्रसाद ढकालले गाउँपालिका प्रमुख पदमा उम्मेदवारी दर्ता गरिएको बताइएको छ।

Kishor Dhakal.1प्रकाशन मिति–२०७४ साल बैशाख १९ गते मंगलवार ।