काठमाडौं। नेपाली गीत–संगीतका मेलोडी किङ शंभुजीत बासकोटा शव्द रचना तथा संगीत अनि गायनमा रहेको गोर्खा भर्सेज दोलखा गीतको भिडियो यतिखेर चर्चाको शिखरमा रहेको छ। तीसको दशकदेखि निरन्तर नेपाली गीत–संगीतको क्षेत्रमा श्रीबृद्धि गर्न र गराउनमा अत्यन्त क्रियाशील मेलोडी किङ बासकोटाको संगीतको आफ्नै स्टाइल रहेको छ।

त्यो स्टाइलमा तीज गीत लगायत आधुनिक गीत मार्फत चर्चामा रहेकी गायिका मञ्जु थापाको गायनले लय पाएको छ। गोर्खा भर्सेज दोलखामा मेलोडी किङ बासकोटाका साथमा गायिका थापाको बुलन्द गायन रहेको छ। बासकोटा र थापाको गायनको तिलस्मी जादूमा जमेको गोर्खा भर्सेज दोलखाले उचाइ पाएको छ।

छोटो समयमा नै राम्रो चर्चा तथा भ्यूअर्स पाएको गोर्खा भर्सेज दोलखा गीतको भिडियोमा पुष्प खडका र सुनिसा बजगाईंको फिचरिङ पनि मज्जाले जमेको छ। नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियोमा सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको छ।

बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ। नयाँ तथा पुराना पुस्तामाझको टेष्टलाई मज्जाले बुझेका मेलोडी किङ बासकोटाले समय अनुरुपका गीत–संगीतको सिर्जना गर्न हिजोका दिनमा जस्तै आजका दिनमा पनि त्यतिकै सक्रिय रहेको जानकारी भिजन संसार डटकमसंगको कुराकानीमा दिएका छन्।

प्रकाशन मिति–२०७८ साल बैशाख २२ गते बुधवार ।