Grammy Award 3काठमाडौ। अमेरिकाको लसएन्जलसमा ५८ औ ग्रामी अवार्ड संपन्न भएको छ। विश्वका गायक–गायिकाका लागि महत्वपूर्ण मानिने ग्रामी अवार्डमा महिला गायिकाहरुको धुम तथा तिनको रेड कार्पेट ग्ल्यामर कम्पिटिसनले तहल्का मच्चाएको छ। उनीहरु वीचको ग्ल्यामर–शो तथा आफ्ना पार्टनरलाई चुम्वनको बर्षा लगायतले यो बर्षको ग्रामी अवार्ड विशेष बन्न सफल भयो।Grammy Award 1

रेड कार्पेटमा टेलर स्विफ्ट र सेलेना गोमेजको पहिरनले सर्वाधिक धेरै चर्चा पायो। विश्व चर्चित मिडियाले यी दुई गायिकाको पहिरनलाई रेड कार्पेटमा उत्कृष्ट भनेका छन्। रेड कार्पेटमा पुग्दा सेलेनाले आफ्नो कपाल सामान्य घुमाउरो बनाएकी थिइन् भने टेलरले आफ्नो भित्री बस्त्र समेत देखिने गरि रेड कार्पेटमा पाइला राखिन्। यी दुई बाहेक अन्य थुप्रै चर्चित सुन्दरीहरुले लोभलाग्दो पहिरनमा रेड कार्पेटमा उपस्थित जनाए।

Grammy Award 2

प्रकाशन मिति–२०७२ साल फागुन ५ गते बुधवार ।