ghatasthapana-sकाठमाडौ। यो बर्षको दशैं भोलिवाट शुरु हुने भएको छ। भोलि असोज १५ गते दशैंको घटस्थापना गरेपछि औपचारिक रुपमा दशैं शुरु भएको मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भोलि घटस्थापनाको साइत विहान ८ बजेर ३५ मिनेटमा अति शुभ हुन्छ

भोलि घटस्थापनाको दिनवाट नवरात्रको शुरु हुन्छ। यस दिनवाट दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ।

ghatasthapana

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ।
प्रकाशन मिति–२०७३ साल असोज १४ गते शुक्रबार ।