Rekha Thapa with Ghoda 1काठमाडौ। घोडा चढे लडिन्छ भन्छ । र पहिलो पल्ट घोडा चढ्नेहरु अक्सर लडेका मात्र पाइन्छ। नलडिकन घोडा चढ्नै सकिदैन भन्ने नेपाली उखान नै रहेको छ। यो उखानलाई नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले गलत सावित गर्न खोजेकी छन्।

यो नेपाली उखानलाई गलत सावित गर्दै रेखाले यसो भनेकी छन्–“घोडा चड्नेहरु आजसम्म लडेका मात्र छन् । म लड्दीन केही सिक्नेछु। प्रतिष्पर्धा भनेको कसैलाई हराउनको लागि हुँदैन। कि जिताउनको लागि हुन्छ कि सिकाउनको लागि हुन्छ मैले यहि जानेकी छु जीवनका भोगाईबाट।”

पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिबेशनमा भएको राप्रपा केन्द्रिय सदस्य चुनावमा भारी मत ल्याएर विजयी बनेपछि निक्कै नै उत्साहित रेखाले उक्त कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत भनेकी हुन्। यसको अर्थ नेपाली चलचित्रको सफलताको चुलो चुलिने क्रममा कुनै ठेस नलागेको र अव राजनीतिमा फडको मार्दा पनि कही नलडेको कुरालाई सगौरब घोषणा गरेकी छन्।

हराउन तथा जिताउन भन्दा सिकाउन आफूले बढी जानेको बताउने रेखाको नेपाली राजनीतिमा भोलिका दिनमा कस्तो पकड हुने हो या होइन ? त्यो त भोलिका दिनमा नै थाहा हुनेछन्। तरपनि, रेखाको आँट, धैर्य तथा लगावले निश्चित रुपमा कुनैदिन नेपाली राजनीतिमा राम्रै पकड जमाउने अपेक्षा भने गर्न सकिन्छ।

Rekha Thapa with Ghoda 2प्रकाशन मिति–२०७३ साल फागुन १७ गते मंगलवार ।