काठमाडौ। चःमति नेवाः खलःको आयोजनामा यही आउने शनिवार चैत २६ गतेका दिन प्रज्ञाभवन, कमलादीमा ‘चःमति नेवाः सनिल’ कार्यक्रम हुने भएको छ।

Chamati Newa Sanil 1

सनिल कार्यक्रममा नेपाली संगीत क्षेत्रमा चिरपरिचित संगीतकार तथा संगीत संयोजक जुगल डंगोलको एकल संगीत र नेपालभाषाको साहित्य क्षेत्रमा चिरपरिचित गीतकार पूर्णकाजी ज्यापुको एकल रचनामा नेपालभाषाका गीतहरु विभिन्न लोकप्रिय गायक गायिकाहरुद्वारा प्रस्तुत गरिने भएको छ ।

कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रंजित, सरस्वती मानन्धर, संगीता थापा शाक्य, सानुबाबु महर्जन, निशा देसार, सतिस महर्जन, माणिक शाहि, रत्नशोभा महर्जन, दीपा महर्जन, उत्तम महर्जन, बिरज महर्जन, रोजी श्रेष्ठ र सरिता महर्जनबाट सांगितिक प्रस्तुति दिइने भएको छ। नेपाः डान्स एकेडेमीबाट नृत्य पनि प्रस्तुत गरिने आयोजकले भनेको छ।

Vetran Singer Juju Kaji Ranjit
Vetran Singer Juju Kaji Ranjit

सांगितिक प्रस्तुतिमा १७ जना वरिष्ठ वाद्यवादकहरुको समूहबाट वाद्यवादन समेत हुने भएको छ।

नेपालभाषाको संगीत उत्थान एवम् विकासमा टेवा पुर्याउदै आएका वरिष्ठ गायक जुजुकाजी रंजितलाई ‘चःमति नेवाः संगीत सम्मान’बाट सम्मानित गरिने पनि आयोजक समितिले जनाएको छ।

नेपाल सम्वत १११९ (वि.सं. २०५४)मा स्थापित चःमति नेवाः खलःले यसभन्दा अगाडि पनि सांस्कृतिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरिसकेको छ।

Chamati Newa Sanil 2प्रकाशन मिति–२०७३ साल चैत्र २१ गते सोमवार ।