काठमाडौ। चन्द्रागिरि नगरपालिकाको सहकार्यमा चन्द्रागिरि मिडिया हाउसको आयोजनामा १० दिने नेतृत्व विकास तथा उदघोषण कला तालिम शुरुवात भएको छ। चन्द्रागिरि नगरपालिका वडा नंबर १२ स्थित बलम्बु माध्यमिक विद्यालयमा शनिवारवाट तालिमको शुरुवात भएको हो।

चन्द्रागिरि नगरपालिका वडा नंबर १२ का वडा सदस्य भीम महर्जनको प्रमुख आतिथ्यतामा तालिम कार्यक्रमको उदघाटन भएको हो। विशेषत चन्द्रागिरि नगरपालिकामा बसोबास गर्दैआएका स्थानिय बासिन्दाको व्यक्तित्व विकास गर्नको लागि यस तालिमको आयोजना गरिएको आयोजक चन्द्रागिरि मिडिया हाउसका कार्यकारी निर्देशक अमृतमान महर्जनले बताएका छन्।

३० जना महिला तथा पुरुष प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिम कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरुको सहभागिता समेत रहेको छ। जनप्रतिनिधिहरुले पनि आफूहरुलाई यो तालिम अत्यन्त उपयोगी भएकोले सहभागिता जनाएको बताएका छन्।

सञ्चार मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष तथा नामी साप्ताहिकका प्रधान सम्पादक नारायण राईले नेतृत्व विकास तथा उदघोषण कला तालिम जीवनपयोगी तालिम भएको उल्लेख गरे।

तालिम कार्यक्रमको संचालन तथा प्रशिक्षण संचारकर्मी श्याम स्मृतवाट भएको छ। प्रमुख तालिम प्रशिक्षक श्याम स्मृतले यो तालिम कार्यक्रमवाट व्यक्तित्व विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने जिकिर गरे। तालिम कार्यक्रम चैत्र ५ गतेसम्म संचालन हुने भएको छ। तालिम कार्यक्रमको संयोजन आयोजक चन्द्रागिरि मिडिया हाउसकी लसता महर्जनले गरेकी छन्।

प्रकाशन मिति–२०७४ साल फागुन २६ गते शनिवार ।