nabindra-raj-joshi-chamati-ma-sammanit-2काठमाडौ। नेपालका उद्योग मन्त्री नविन्द्रराज जोशीलाई शुभकामना तथा बधाई ज्ञापन गरिएको छ। काठमाडौको शोभाभगवती स्थित चमतीमा विहीवार आयोजित कार्यक्रममा उद्योग मन्त्रीमा नियुक्त भएकोमा चमती मिसा पुचःले बधाई तथा शुभकामना दिएका छन्।

nabindra-raj-joshi-chamati-ma-sammanit-1

चमती मिसा पुचःको कार्यालयमा उद्योग मन्त्री जोशीलाई सगुन दिएर पुचःका सवै पदाधिकारी तथा स्थानियले बधाई तथा शुभकामना दिएका थिए। चमती मिसा पुचःकी अध्यक्ष जमुना ज्यों श्रेष्ठले पुचःको तर्फवाट मन्त्री जोशीलाई मन्त्रीमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेकी थिइन्।

nabindra-raj-joshi-chamati-ma-sammanit-4काठमाडौ क्षेत्र नंबर ८ को नेपाली कांग्रेसवाट निर्वाचित सांसद समेत रहेको मन्त्री जोशी उद्योग मन्त्रीमा नियुक्त भएकोमा काठमाडौबासी नै खुशी भएको सन्दर्भमा आफूहरु क्षेत्र नंवर ८ का स्थानिय बासिन्दा भएकोले पनि उहाँको सफलतामा खुशी मनाउन बधाई तथा शुभकामना कार्यक्रम गरेको आयोजक चमती मिसा पुचःकी सचिव गंगा ज्यों श्रेष्ठले भनेकी छन्। कार्यक्रमा मन्त्री जोशीले चमतीका महिला दिदीबहिनीलाई स्वरोजगार बनाउन उद्योग मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

nabindra-raj-joshi-chamati-ma-sammanit-5प्रकाशन मिति–२०७३ साल भदौ २३ गते विहीवार ।