काठमाडौं। चर्चित हांस्य अभिनेत्री पल्पसा डंगोल चम्सुरीको दुवै किड्नी फेल भएयता सवैको ध्यान उनीमा गएको छ। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको बेड नंबर ३०५ मा उपचार्थ चम्सुरीको तीन पल्ट डायलोसिस गरिसकेको छ।

शनिवारभन्दा आइतवार धेरै शुभेच्छुकहरुको सदभावना तथा शुभेच्छाको कारण स्वास्थ्यमा अलि सुधार आएको जानकारी आइतवार चम्सुरीलाई अस्पतालमा भेटेर आएकी सञ्चारकर्मी जयन सुव्वा मानन्धरले भिजन संसार डटकमलाई दिएकी छन्। मानन्धरका अनुसार, दुवै किड्नी फेल भएकी चम्सुरीलाई पैसाको सहयोगभन्दा किड्नी दान दिने सहयोगीको आवश्यकता छ।

आइतवारसम्म ३२ जना शुभेच्छुकहरुले किड्नी दान दिने शुभेच्छा सहितको फोन आएको चम्सुरीले आफूलाई भनेको सञ्चारकर्मी मानन्धरले भनेकी छन्। सारा चलचित्र उद्योग देखि शुभेच्छुक दर्शक सवैले चम्सुरीको सुस्वास्थ्य र निरोगीताको लागि विभिन्न सामाजिक सञ्जाल मार्फत कामना गरिरहेको पाइएको छ।

जसवाट पनि चम्सुरीमा आत्मबल बृद्धि भएको छ। बाँच्ने चाहना व्यापक रुपमा पलाएको छ। निश्चित रुपमा कसैले एउटा किड्नी दान गरेर सहयोग गरेमा किड्नी ट्रान्सप्लान पश्चात चम्सुरीले नयाँ जीवन पाउने छन्।

–पल्पसा डंगोललाई यदि तपाईहरु मध्ये कसैले सहयोग गर्न चाहनु हुन्छ भने, सिधा यो फोन नंबर 9803133669 मा संपर्क गर्नु हुन अनुरोध छ।

 

प्रकाशन मिति–२०७८ साल साउन ३ गते आइतवार ।