RABINDRA_KHADKA-1-4काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पाटी राप्रपाका अन्धभक्त नेपालका चर्चित अभिनेता रविन्द्र खड्काले राप्रपा परित्याग गरेका छन्। राप्रपालाई त्याग गरेर नेकपा एमालेलाई समर्थन गर्ने घोषणा गरेका छन्। नेकपा एमालेलाई मंसीर २१ गते हुन गैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा सहयोग गर्ने घोषणा गरेका छन्।

काभ्रेमा आयोजित पार्टी परित्याग घोषणा कार्यक्रममा अभिनेता खड्काले उक्त कुरा बताएका हुन्। अभिनेता खड्काले काभ्रे क्षेत्र नंबर मा राप्रपावाट प्रतिनिधिसभासदको निर्वाचनमा प्रत्यक्षमा सर्वसम्मत सिफारिस भएतापनि नेपाली कांग्रेससंगको तालमेलमा काभ्रेमा राप्रपालाई एक सिट पनि नदिएकोको आक्रोशमा अभिनेता खड्काले पाटी परित्याग गरेको खुलासा भएको हो।

चलचित्र भाग्यरेखावाट नेपाली चलचित्रमा प्रवेश गरेका अभिनेता रविन्द्र खड्का माओवादी जनयुद्ध कालमा पनौति नगरपालिकाका मेयर बनेपछि राजनितिक चर्चामा रहे। पंचायतकालमा रबिन्द्रका पिता इन्द्रवहादुर खड्का काभ्रे जिल्लावाट दुई पटक जिल्ला सभापति र सांसद बनेका ब्यक्ति भएकाले पनि उनमा राजनितिक ज्ञान र क्षमताको बलियो पृष्ठभुमी भएको जिकिर प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ। नेकपा एमालेमा विधिवत रुपमा प्रवेश गरेको भने उल्लेख गरेका छैनन्।

RABINDRA_KHADKA-1-3प्रकाशन मिति–२०७४ साल कात्तिक ११ गते शनिवार ।