काठमाडौं। बेलायतवाट निर्मित कथानक नेपाली कथानक चलचित्र कैदीको पत्रको रिलिज डेट नयाँ बर्ष २०८० को बैशाख १५ गते तोकिएको छ। बैशाख १५ गतेवाट नेपालभर रिलिज हुन लागेको चलचित्र कैदीको पत्रको ट्रेलर बुधवारवाट सार्वजनिक भएको हो।

बेलायतवाटै एक पछि अर्को शहरमा सफल प्रदर्शन पश्चात अव नेपालमामा बैशाख १५ गतेवाट रिलिज हुन लागेको सार्वजनिक भएको चलचित्र कैदीको पत्रको ट्रेलर आम नेपाली चलचित्रको ट्रेलरभन्दा फरक देखिएको छ। सस्पेन्स, थ्रिलर अंग्रेजी चलचित्र जस्तो देखिएको चलचित्र कैदीको पत्रमा ३५ प्रतिशत भाषा त अंग्रेजी नै छ।

अंग्रेजी भाषामा सहज तथा सरल ढंगवाट बेलायती नायिकाको विशेष भूमिका रहेको चलचित्र कैदीको पत्रमा नेपालवाट बेलायतमा अध्ययन गर्न जाने नेपाली युवाको वास्तविक कथा छ। जुन कथा बेलायतमा ख्यातिप्राप्त गरेका स्वर्गवासी साहित्यकार ईश्वर मानन्धरको अमर कृति कैदीको पत्रवाट लिइएको छ। कृतिमा आधारित नेपाली कथानक चलचित्र कैदीको पत्रले बेलायतको राजधानी लण्डनमा तहल्का नै मच्चाएको छ।

लण्डनमा सर्वत्र यस चलचित्रको व्यापक तारिफ भएको कुरालाई उल्लेख गर्दै नेपाल आएका चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैरागले नेपालमा पनि नेपाली दर्शकको अपार माया पाउने आशा व्यक्त गरेका छन्। नेपाल वाहिर परदेशवाट निर्मित नेपाली कथानक चलचित्र कैदीको पत्रले बेग्लै पहिचान तथा फरक स्वाद दिएकोमा बेलायतमा चलचित्र हेर्ने दर्शकहरुले चलचित्र त कैदीको पत्र जस्तो पो भनेर खुशीले कमेन्ट गरिरहेको पाइरहेको छ।

स्कटल्याण्डको क्रीफ, आबरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोमा छायाँकन भएको चलचित्र कैदीको–पत्रको केही प्रतिशत छायाँकन लण्डनमा पनि भएको हो। कैदीको पत्रमा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।

 

प्रकाशन मिति–२०७९ साल चैत्र २९ गते बुधवार ।