काठमाडौं। नेपाल वाहिर बेलायतवाट निर्माण भएको चलचित्र कैदीको पत्र नेपालमा शुक्रवारवाट प्रदर्शन शुभारम्भ भएको छ। बेलायतका विभिन्न स्थानमा प्रदर्शन भएर नेपालमा शुक्रवारवाट प्रदर्शन शुभारम्भ भएको हो। बेलायतमा व्यापक प्रशंशा बटुलेको चलचित्र कैदीको पत्रले नेपालमा प्रदर्शनको पहिलो दिन चलचित्र हेर्नेहरुले राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया दिएका छन्।

बेलायतवासी नेपाली तथा विदेशी कलाकारको काम, स्कटल्याण्ड तथा लण्डनका मनोरम दृश्यहरुसँगै चलचित्रको कथा र प्रस्तुतिलाई दर्शकले रुचाएका छन्। सम्पूर्ण छायांकन स्कटल्याण्डमा र केही दृश्यको छायाँकन लण्डनमा भएको चलचित्र कैदीको पत्रको बेलायतवासी अग्रज निर्देशक सनम कुमार बैरागले निर्देशन गरेका हुन् । निर्देशक बैरागले आफुले लामो समय लगाएर बनाएको चलचित्रमा दर्शकको रुचि राखेकोमा अत्यन्त खुशी व्यक्त गरेका छन्। चलचित्र कैदीको पत्रका प्रमुख कलाकारद्वय कुनाल विश्व र सलिना थापा पनि दर्शकको प्रशंशावाट मक्खै परेका छन्।

Mr.Dharma Raj Bajracharya and Mrs. Sunita Kayastha said that Kaidiko patra is good film…… चलचित्र कैदीको पत्रमा एक युवक, उसको वरपर सबन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ । प्रेम र रोमान्सको कथामा बनेको चलचित्रले जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको । चलचित्र कैदीको पत्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार लेखेका हुन् । साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही चलचित्र कैदीको पत्र निर्माण भएको हो।

चलचित्र कैदीको पत्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् ।

 

प्रकाशन मिति–२०८० साल बैशाख १५ गते शुक्रवार ।