Film Journalist Award 4काठमाडौ। चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले हरेक बर्षको जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउने गरेको छ। यसैसन्दर्भमा चलचित्र पत्रकार संघ नेपालले आफ्नो १८ औ बाषिर्कोत्सव पनि मनाएको छ।

Film Journalist Award 1बार्षिक उत्सवको अवसर पारेर हरेक बर्ष प्रदान गरिदैआएको चलचित्र पत्रकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट र ख्यातिप्राप्त हाँस्य अभिनेता हरिवंश आचार्यले सम्मानित र पुरस्कृत हुने पत्रकारहरुलाई सम्मान पत्र, ट्रफी प्रदान गरेका थिए।

यो बर्षको चलचित्र पत्रकारिता सम्मानबाट नवराज लम्साललाई सम्मानित गरिएको छ। लम्सालको अनुपस्थितीमा उनकी धर्मपत्नीले पतिको सम्मान ग्रहण गरेकी छन्।

Film Journalist Award 2यो बर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनमा कार्यरत चलचित्र पत्रकार पारस पौडेल र अनलाइनखबर डट कममा कार्यरत चलचित्र पत्रकार विजय सुवेदी ‘आवाज’लाई पुरस्कृत गरियो। पौडेल र सुवेदीलाई सम्मान पत्र, ट्रफी र जनही नगद २१ हजारले पुरस्कृत गरिएको हो।

Film Journalist Award 3चलचित्र पत्रकार संघले यसैबर्षबाट चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार पनि प्रदान गरेको छ। यो बर्ष पत्रकार स्वेच्छा राउतलाई सम्मान पत्र, ट्रफी र ल्यापटप सहित यो पुरस्कार प्रदान गरिएको हो।

Film Journalist Award 5प्रकाशन मिति–२०७४ साल जेष्ठ ७ गते आइतवार ।